३ करोड डलरमा लिलाम भयो इतिहास कै महँगो घडी

पोखरा न्यूज- २६ कार्तिक । स्वीस ब्रान्ड पाटेक फिलिपको एउटा घडी तीन करोड डलरमा लिलामीमार्फत बिक्री हुँदै इतिहासकै महँगो घडी बन्न सफल भएको छ ।

अहिलेसम्म कहिल्यै नलगाइएको ग्रान्डमास्टर चाइम ६३००ए- ०१० मोडेलको घडी शनिबार जेनेभाको एक लिलामीमा बिक्री भएको हो । मस्कुलर डिस्ट्रोफी नामक एक रोगको सोधका फण्ड जुटाउन उक्त लिलामी आयोजना गरिएको थियो । स्टेनलेस स्टील प्रयोग गरिएको यस घडीमा अलार्म सब डायलमा “दि अन्ली वान” अर्थात “एक मात्र” भनेर खोपिएको छ ।

घडीमा १८ क्यारेट सुनको डायल प्लेट हालिएको छ भने यसको फितामा हातैले सिलाइएको कालो गोहीको छाला प्रयोग गरिएको छ । त्यस्तै घडीमा सुनकै ब्रीग्वेट अङ्कहरु छन् भने घडीमा समयसँगै मिति पनि हेर्न मिल्नेछ । घडीमा थुप्रै सब डायलहरु पनि राखिएको छ जसबाट विभिन्न सेटिङमा जान तथा फिचरहरु प्रयोग गर्न सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button