आगलागीबाट लाखौँ मुल्य बराबरको क्षति

पोखरा न्यूज – २७, कार्तिक । सप्तरीको छुटाछुटै स्थानमा आज भएको आगलागीबाट लाखौँ मुल्य बराबरको क्षति भएको छ । रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा रु दुई लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरिएको छ ।

स्थानियवासी विनोदकुमार मण्डलको घरमा विद्युतीय चुहावट भई आगलागी हुँदा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । आगलागीबाट लत्ताकपडा, अन्नपात, भाँडावर्तन तथा नगद नष्ट भएको छ ।

यस्तै आगालागीबाट विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका सीताराम यादवको घर जलेर नष्ट भएको छ । भान्सा घरमा खाना पकाउने क्रममा आगो सल्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button