फेसबुकले ६ महिनामा बन्द गर्यो ३.२ अर्ब फेक एकाउण्ट

पोखरा न्यूज – २७, कार्तिक । सामाजिक सञ्जालले अप्रिल र सेप्टेम्बर महिनामा मात्र ३.२ अर्ब फेक फेसबुक प्रोफाइल बन्द गरेको छ । बाल शोषण र आत्महत्यालाई प्रश्रय दिने खालका करोडौं फेसबुक पोस्ट पनि डिलिट गरिएको फेसबुकले जनाएको छ ।

पछिल्लो वर्ष यही अवधिमा फेसबुकले १.५५ अर्ब फेक अकाउण्ट डिलिट गरेको थियो । त्यस्तै फेसबुकले पहिलो पटक फोटो सेयर गर्ने सहायक कम्पनी इन्स्टाग्रामबाट कति पोस्ट डिलिट गरिए पनि जानकारी दिएको छ । फेसबुकले आतंकवाद र आतंकवादी संगठनसँग सम्बन्धित ९८.५ प्रतिशत र इन्स्टाग्रामले सोही प्रकृतिका ९२.२ प्रतिशत सामाग्री डिलिट गरेको पनि जनाएको छ ।

त्यस्तै फेसबुकले बालबालिकासँग जोडिएका नग्न दृश्य र यौन शोषण सम्बन्धित एक करोडभन्दा बढी पोष्ट डिलिट गरेको जनाएको छ भने इन्स्टाग्रामले पनि ७ लाख भन्दा बढी त्यस्ता पोष्ट डिलिट गरेको बताएको छ । त्यस्तै फेसबुकका अनुसार आत्महत्यालाई बढावा दिने खालको २५ लाख पोष्ट साइट्बाट हटाइएको छ । त्यस्तै लागुऔषध बिक्रीवितरण सम्बन्धित ४४ लाख पोष्ट पनि फेसबुकले डिलिट गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button