एसियन सेन्ट्रल जोन च्याम्पियनसिपको उपाधि नेपाललाई , प्रतियोगिता भर एक सेट पनि हारेन

पोखरा न्यूज – २७, कार्तिक ।  बङ्गमाता एसियन सिनियर वुमन सेन्ट्रल जोन च्याम्पियनसिपमा अपराजित रहँदै नेपाली महिला भलिबल टोलीले उपाधि हात पारेको छ । आज भएको फाइनल खेलमा माल्दिभ्सलाई सोझो सेटमै पराजित गर्दै नेपालले उपाधि चुमेको हो ।

प्रतियोगिता भर नेपालले एक सेट पनि हारेन । बङ्गलादेशको मिरपुरस्थित साहिद सुह्रावार्दी इन्डोर रंगशालामा भएको फाइनल खेलमा पहिलो सेट नेपाल २५-१३ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट पनि सजिलै २५- १२ ले आफ्नो पक्षमा पारेको नेपालले अन्तिम सेट २५- ८ जित्यो ।

नेपाली टोलीमा कप्तान अरुणा शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट रहेका छन ।

प्रतियोगितामा नेपाल र माल्दिभ्ससँगै बङ्गलादेश, किर्गिस्तान र अफगानिस्तान सहभागी थिए । आजै भएको तेस्रो स्थानको खेलमा घरेलु टोली बङ्गलादेशलाई पराजित गर्दै किर्गिस्तानले तेस्रो स्थान हासिल गर्यो ।

नेपालमै हुने दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली भलिबल टोली यस अघि प्रशिक्षणका थाइल्यान्ड गएको थियो । साग खेल आउँदो मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हुँदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button