स्याङ्जामा २ मोटरसाइकल ठक्कर खाँदा १ घाइते, घाइतेलाई पोखरा ल्याइयो

पोखरा न्यूज – २८, कार्तिक । स्याङ्जामा २ मोटरसाइकल एकापसमा  ठक्कर खाँदा १ जना  घाइते भएका छन् ।

स्याङजा गल्याङ नगरपालिका-८ चिउरीमा गल्याङबाट वालिङतर्फ जाँदै गरेको लु २७ प ८४२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको लु ४८ प ७५१५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा  स्याङजा गल्याङ – ८ देउरालीका  २२ बर्षीय  सुरेश बि.क. घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । बि.क. लु ४८ प ७५१५ नम्बरको  मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  घाइते बि.क.लाई उपचारको लागि फेवा सिटी हस्पिटल पोखरा ल्याइएको छ  । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button