कोत्रेमा सवारी दुर्घटना हुँदा ७ जना घाइते, एकको अवस्था गम्भिर

दीननाथ बराल, पोखरा न्यूज -३०, कार्तिक । कास्की र तनहुँको सिमानामा पर्ने  कोत्रे पुलमा आज बिहान टिपरले कारलाई  ठक्कर दिंदा  कार चालक गम्भिर घाइते भएकाछन्। टिपरको ठक्करबाट ग २ च ५४६९ नम्बरका कार चालक पोखरा १० रामबजार निवासी २९ बर्षका युवराज भट्टराई गम्भिर घाइते भएको कास्की प्रहरीले जनाएको छ ।

पोखराबाट तनहुँतर्फ जार्दै गरेको ग १ ख ७८४७ नम्बरको टिपरले कारलाई ठक्कर दिदा गम्भिर घाइते भएका भट्टराईको हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । उनको टाउको, छाती र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए । उनीसंगै सवार भएकी स्याङजाकी २७ बर्षीया प्रतिमा पोख्रेल सामान्य घाइते भएकी छन भने उनको समेत मणिपालमा उपचार हुदैछ ।

त्यसैगरी कारसंगै अर्को जिपलाई समेत टिपरले ठक्कर दिदा जितमा सवार ५ जना घाइते भएकाछन्। उनीहरुलाई हाल गण्डकी मेडिकल कलेजमा उपचार गर्न ल्याईएको छ । उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सामान्य घाइते हुनेहरुमा युवराज अधिकारी, लक्ष्मि अधिकारी, सिता देवि तिमिल्सिना, राधा सुवेदी, देवि कोइराला रहेकाछन्। टिपरले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको स्थानियले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button