पोखराको ‘जि-नाईन’ व्याण्डले ल्यायो ‘यो मेरो देश’ (भिडियो)

आर.आर. पौडेल, पोखरा न्यूज -१, मंसिर । पोखराको जि-नाईन व्याण्डले ‘यो मेरो देश’ गीतको म्युजिक भिडियो दर्शक माझ पस्केको छ । भिडियो रिलिजसँगै एलबम ‘धन्यवाद’मा समावेश यो गीतको चर्चा बढ्न थालेको छ ।

यो व्याण्डमा भोकलिस्टको रुपमा ईनोक तामाङ, गितारमा सञ्जय नेपाल, लिडमा विक्की कार्की, ड्रममा भुवन केसी र बेसमा सगुन परियार रहेका छन् । व्यवस्थापकको जिम्मा सिदार्थ पौडेलले निभाउँछन् ।

जि नाइन व्याण्ड सन् २००९ मा सेप्टेम्वर ९ तारेखको दिन स्थापना भएको हो । व्याण्डको नामारण पनि भयो, ‘जि–नाईन’ । ९ जनालाई समेट्नकै लागि ‘जि’ को पछाडि ‘नाईन’ झुण्डियो । र, ब्याण्डले शुरुवात गर्यो आफ्नो यात्रा । साँगीतिक यात्रा त्यति सजिलो चाँहि थिएन । त्यसअगाडी यो व्याण्डका मेम्बरहरु ‘डिर्मस म्युजिकल गुप्र’ का रुपमा चिनिन्थे ।

सुरुवाती दिनहरुमा देउसी भैलो लगायत अन्य चाडपर्वमा आफ्नो प्रस्तुतीबाट व्याण्डको यात्रा अघि बढ्यो । त्यसपछि केहि चर्चित गायकका गीतहरुलाई आफ्नो शैलीमा ढालेर विभिन्न ठाऊँमा यो टोलीले प्रस्तुती दिन थाल्यो ।

सांगीतिक यात्राकै क्रममा सन् २०११ मा राष्ट्रिय स्तरको प्रतियोगिता ‘स्प्राइट ब्याण्ड च्यालेन्ज सिजन थ्री’ मा ६२ प्रतियोगी ब्याण्डलाई उछिन्दै यो व्याण्डले उपाधि आफ्नो पोल्टामा पार्यो । त्यसपछि झन् राष्ट्रियस्तरमा ब्याण्डको चर्चा चुलियो । यो ब्याण्डको पहिलो एलबम हो ‘धन्यवाद’ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button