सन् २०२३ सम्म बुलेट रेल कुदाउने थाइल्यान्डको आशा

पोखरा न्यूज -१, मंसिर । एसियाली राष्ट्र थाइल्यान्डले वर्षौंको पर्खाइ र बहस पछि अनन्त: २०२३ मा उच्च गतिको बुलेट रेलको सपना पूरा गर्ने भएको छ । त्यहाँ एउटा बुलेट रेल प्रोजेक्ट निर्माणाधीन, एउटा प्रोजेक्ट स्वीकृत र अरु केही स्वीकृतीको चरणमा भए पनि कैयौं थाइल्यान्डवासी बुलेट रेल देशका लागि उपयुक्त हुनेमा अझै विश्वस्त भने भइसकेका छैनन् ।

यी योजनाहरुले पुर्णता पाएमा थाइल्यान्डले ५ वर्षमा २ सय ५० किलोमिटर प्रति घन्टा गतिमा कुद्ने बुलेट रेल पाउनेछ । निर्माणको चरणमा रहेका रेल प्रोजेक्टहरुले चिनियाँ उच्च गतिको रेल प्रविधिको प्रयोग गर्नेछन् । तर थाइल्यान्डले चिनियाँ ऋण भने अस्वीकार गरेको थियो । चिनियाँ ऋण अस्वीकार गरेतापनि उक्त प्रोजेक्ट भने चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत कै मानिएको छ ।

सन् २०२३ मा निर्माण सम्पन्न हुने थाइल्यान्डको पहिलो बुलेट रेलले बैंकक र खोरतलाई जोड्नेछ । २५१ किलोमिटरको उक्त दुरी बुलेट रेल बने पछि ७७ मिनेटमै जोडिनेछ । बुलेट रेलले थाइल्यान्डको पर्यटनलाई व्यापक सहयोग पुर्याउने दावी गरिएको छ । त्यस्तै सन् २०२४ मा सुरुआत हुने एक प्रोजेक्टले बैंककको सुवर्णभुमि र डन मेयाङ दुई विमानस्थललाई जोड्नेछन् । २२० किलोमिटरको उक्त बुलेट रेल प्रोजेक्टले बैंकक र थाइल्यान्डको पर्यटकीय सहर पट्टायाको दुरी ४५ मिनेटमा झार्नेछ ।

त्यहाँको यातायात मन्त्रालयको एक पुर्वानुमान अनुसार उक्त प्रोजेक्टको लगानी उठ्न दैनिक ५ हजार देखि २५ हजार ट्रिप पूरा गर्नु पर्नेछ भने दैनिक ५० हजार देखि ८५ हजार यात्रुलाई गन्तव्यमा पुर्याउनु पर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button