तनहुँमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

पोखरा न्यूज -१, मंसिर । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ मानहुँ बस्ने ७६ वर्षीय लोकबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थर्पुबाट दमौलीतर्फ आउँदै गरेको बा ८२ प ६४९० नं को मोटरसाइकलले ठक्कर दिँदा घाइते विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट विकको दायाँ खुट्टा र कानमाथिको भागमा गहिरो चोट लागेको थियो । पैदलयात्रीलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button