हिरो बनेपछि अभिनय सिके : अभिनेता सुशील श्रेष्ठ

आर.आर. पौडेल, पोखरा न्यूज -०२,मंसिर।  नेपाली चलचित्रका अभिनेता सुशील क्षेष्ठले हिरो बनेपछि अभिनय सिकेका हुन् । किनकी उनलाई एकैचोटी चलचित्रको लागि अफर आएको थियो । उनले होस्टल रिर्टन्समा काम गरे । चलचित्रले सफलता पायो । तर उनी आफु भने खुशी थिएनन् ।

किनभने उनले चलचित्रमा आफ्ना कमजोरीहरु फेला पार्थे । ‘सबैको सोच हिरो बन्ने भन्ने हुन्छ, मेरो पनि थियो । इन्ट्रि भए । आफ्नो अभिनय हेरे । गल्ती देखे । खुशी थिइन ।’ उनले भने ।

अब उनी अभिनय सिक्ने निचोडमा पुगे । एक्र्टस स्टुडियो जोइन गरे । अनुप बरालसँग सिके । थेउरीटीकली ज्ञान हासिल गरे । अनि प्राक्टिकल गर्न फिल्म गर्नु पर्ने भयो । त्यहिबेला सायद २ को लागि अफर आयो । सायद २ को सुटिङ सकिएपछि त्यसको लगत्तै कारखाना गरे । ती फिल्म प्राक्टिकल थिए । विस्तारै उनको अभिनयमा सुधार हुदै आयो ।

काठमाण्डौ स्थायि बासिन्दा उनको मोडलिङ तर्फ रुचि थियोे । चलचित्रमा हिरो बन्ने सपना समेत नभएको भने होइन । उनलाई कप्फरटेवल र सुहाउने खालको फेसन गर्न मनपर्छ । उनलाई अब एक्सन चलचित्र गर्न मन छ । ‘दर्शकले एक्सन सुहाउछ भन्नुहुन्छ । सायद दाह्री, बडीको कारण होला । मलाई पनि एक्सन फिल्म गर्न मन छ’ उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button