ब्रेकिङ प्रणालीमा खराबी आएपछि निशानले ४ लाख गाडी फिर्ता बोलायो

पोखरा न्यूज -२, मंसिर । जापानी अटोमोबाइल कम्पनी निशानले ब्रेकिङ प्रणालीमा खराबी देखिएपछि बजारबाट चार लाख गाडी फिर्ता बोलाएको छ ।

निशानले समस्याका बारेमा बताउँदै गाडीको ब्रेकको फ्लुड लिक भएको जनाएको छ । निशानले भनेको छ आन्तरिक सर्किट बोर्डमा फ्लुड लिक हुँदा चालकलाई चेतावनी दिइने र उक्त चेतावनीको बेवास्ता गरे आगलागीसमेत हुन सक्ने हुँदा गाडीहरु फिर्ता बोलाइएको हो । फिर्ता बोलाइका गाडीहरुमा २०१६ को म्याक्सिमा सेडान मोडल, इन्फिनिटी क्यु एक्स ६० मोडल, मुरानो एसयुभी मोडल र पाथफाइन्डर एसयुभी मोडल रहेका छन् ।

निशानले जारी गरेको दस्तावेजमा अहिलेसम्म कुनै गाडीमा आगलागी वा कसैलाई चोटपटक लागेको भने कतै उल्लेख गरिएको छैन । कम्पनीले समस्या समाधानका लागि कार्यहरु शुरु गरिएको र अर्को महिनाको सुरुआतबाट नै गाडीका धनीहरुलाई समस्याको समाधान गर्नका लागि डिलरलाई सम्पर्क गर्न सुचित गरिने बताएको छ ।

यसअघि सेप्टेम्बरमा पनि ब्याकअप क्यामेराको डिस्प्लेमा समस्या आएको भन्दै निशानले १३ लाख गाडीलाई मर्मतका लागि फिर्ता बोलाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button