जेलबाटै अनलाइन ठगी गरेर १० लाख डलर झ्वाम

पोखरा न्यूज -०४,मंसिर ।  नाइजेरियामा उच्च सुरक्षासहितको जेलमा रहेका एक अपराधीले अनलाइन मार्फत ठगी गरेर १० लाख डलर कमाएका छन् ।

होप ओलुसेगुन एरोके नाम गरेका उक्त व्यक्ति चार वर्ष अघि ठगीकै आरोपमा जेलचलान भएका थिए । होपले चार वर्ष अघि आफू अमेरिकी सैनिक भएको बताउँदै महिलाहरुबाट लाखौं रकम ठगेका थिए । उक्त घटनामा अमेरिकी अधिकारीहरुले ८० जनालाई दोषी ठहर गरेका थिए जसमध्ये हालसम्म १७ जना मात्र पक्राउ परेका छन् । उनीहरुले ठगीको सञ्जाल विस्तार गरेर व्यवसाय र एकल, वृद्धाजस्ता कमजोर महिलाबाट ६० लाख डलर भन्दा बढी पैसा असुलेका थिए ।

होपले जेलमा रहँदा आफ्ना सहयोगीसँग मिलेर ठगी धन्दालाई जारी राखेका थिए । उपचारका लागि अस्पताल जाने बहानामा उनी होटल र सार्वजनिक समारोहमा पुग्ने गरेको प्रहरीले बताएको छ । उनलाई जेलमा पनि मोबाइल र इन्टरनेटको सुविध पुर्याइएको थियो । जेलमा उनलाई त्यस्ता सुविधा उपलब्ध गराउने र उनलाई अस्पताल लग्ने प्रहरी अधिकारीहरु माथि पनि छानबिन भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

होपले ठगीकै पैसाले आलिशान घरहरु र महँगा कारहरु पनि किनेका थिए । सन् २०१२ मा पहिलो पटक नक्कली चेक, विद्युतीय भुक्तानीमा ठगी जस्ता मुद्दामा पक्राउ परेका उनी त्यसबेला तीन वर्षका लागि जेल चलान भएका थिए । उनले यसपटक भने कैयौं देशका नागरिकलाई अनलाइनमार्फत ठगेका थिए जसको विस्तृत जानकारी भने पाइ नसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button