आफैंले चलाएको ट्याक्टरले थिच्दा कास्कीमा एकको मृत्यु

पोखरा न्यूज – ०४, मंसिर । आफैंले चलाएको ट्याक्टरले थिच्दा  कास्कीमा एक जनाको ज्यान गएको छ ।

बुधवार कास्की माछापुच्छ्रे गाउँपालिका-३ मर्दीखोलामा  घाचोकतर्फ जाँदै गरेको ग १ त ३४७३ नंम्बरको ट्याक्टरले थिच्दा ट्याक्टर चालक पर्सा जिल्ला घर भई घाचोक बस्ने वर्ष ४७ का  नरेन्द्रसिंह बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट करिव ५० मिटर तल  खसेर  ट्याक्टरले थिच्दा चालक बस्नेतको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button