रेड मि नोट ८ प्रो नेपाली बजारमा

पोखरा न्यूज – ०४, मंसिर । चिनियाँ कम्पनी रेड मिको बहुप्रतिक्षित नोट ८ प्रो मोबाइल फोन आज देखि नेपाली बजारमा उपलब्ध हुने भएको छ । नोट ८ प्रो एमाआईको देशभरका ९ सय  भन्दा बढी अफलाइन स्टोर र दराज अनलाइन सपिङबाट किन्न सकिनेछ ।

६४ मेगापिक्सलको क्वाड क्यामेरा सेट अपसहित उपलब्ध भएको यस मोबाइल फोनमा हेलियोको गेमिङ्ग प्रोसेसर प्रयोग गरिएको छ । हेलियो जि ९० टि प्रोसेसर रहेको नोट ८ प्रोमा २० मेगापिक्सलको सेल्फी क्यामेरा रहेको छ भने ६.५३ इन्चको फुल एच डि डिस्प्ले पनि प्रयोग गरिएको छ । लिक्विड कुल डिस्प्ले प्रणाली रहेको फोनलाई ४ हजार ५ सय  एमएएच् ब्याट्रीले शक्ति प्रदान गर्नेछ ।

६ जिबि र्याम/ ६४ जिबि स्टोरेज, ६/ १ सय २८ तथा ८/ १ सय २८ तीन विभिन्न भेरियण्टमा उपलब्ध नोट ८ प्रोको मुल्य तीन भेरियण्टको क्रमश : २ हजार ,९ सय ९९, २९ हजार ९ सय ९९ र ३२ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ । रेड मि नोट ८ प्रो साथै रेड मि नोट ८ पनि आजै सार्वजनिक गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button