पोखरा न्यूज – ०५, मंसिर । काठमाण्डौको एक गेष्ट हाउसमा सुरक्षा गार्डको रुपमा कार्यरत गोरखाका ४५ वर्षीय कृष्ण विक मृत फेला परेका छन् ।
गोरखा घर भई तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्दै आएका विक गेष्ट हाउसमा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिका– १६ माछापोखरी नजिक रहेको लालीगुराँस गेष्ट हाउसमा सुरक्षा गार्डमा कार्यरत उनी सोही गेष्ट हाउसमा मृत फेला परेका हुन्।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।