दीननाथ बराल, पोखरा न्यूज -०६, मंसिर । पोखराको पृथ्बीचोकमा शुक्रबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएका छन् ।
ना ५ ख ५६७१ नम्बरको बसले ग १२ प १९९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर पश्चात बसले थिचेका मोटरसाइकल र चालकलाई तत्कालै यात्रु सहितका अन्य व्यक्तिहरुले बस उठाएर उद्धार गरेका थिए ।
उद्धार लगत्तै उपचारका लागि गण्डकी मेडिकल कलेज तर्फ लग्दै गर्दा मोटरसाइकल चालक एकाएक सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ । उनलाई ठुलो चोट नलागेको र लाइसेन्स नभएका कारण लुकेको हुन् सक्ने बताइएको छ ।
प्रहरीका अनुसार मोटरसाइकललाई ठक्कर दिनासाथ बसका चालक समेत फरार भएका छन् ।
घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Chalak lai samatnu