जग्गा चक्लाबन्दी गर्न गण्डकी प्रदेश सरकारले ल्यायो नयाँ कार्यविधि

दीननाथ बराल, पोखरा न्यूज -०६, मंसिर । गण्डकी प्रदेश सरकारले जग्गा चक्लाबन्दी गर्न जग्गा एकीकरण तथा बस्ती विकास कार्यक्रम कार्यविधि २०७६ पास गरेको छ ।

मंसिर ४ गते बसेको क्याविनेटकोबि बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जग्गा चक्लाबन्दी गर्ने उद्धेश्यले सरकारले उक्त कार्यविधि पास गरेको जनाएका हुन् ।

उनका अनुसार हिमाली भेगमा जग्गा चक्लाबन्दीको लागि प्रदेश सरकारले ५० देखि ७५ रोपनी जग्गाको क्षेत्रफल उपलब्ध गराउदा ५० लाख रुपैया उपलब्ध गराउने भएको छ । त्यसै गरी ७६ देखि १ सय रोपनी क्षेत्रफल उपलब्ध गराउदा ७० लाख र १ सय १ रोपनी देखि २ सय रोपनी जग्गाको क्षेत्रफल उपलब्ध गराउदा १ करोड सम्म उपलब्ध गराउने भएको भौतिक योजना तथा पूर्वाधार मन्त्री समेत रहेका सरकारका प्रवत्ता बस्नेतले जनाए । प्रदेशको भुमि व्याबस्था कृषि तथा सहकारी मन्त्रालयले स्थानिय तहलाई उक्त रकम उपलब्ध गराउने भएको छ ।

त्यसै गरी पहाडी भेगमा ७५ देखि १ सय रोपनी क्षेत्रफल उपलब्ध गराउदा स्थानीय निकाय अन्तर्गत ४० लाख रुपैया उपलब्ध गराउने भएको छ । त्यसै गरी एक सय एक रोपनी देखि १ सय ५० रोपनी क्षेत्रफलको लागि ७० लाख, एक सय ५१ रोपनी देखि २ सय रोपनी सम्मको लागि ८० लाख र २ सय १ रोपनी देखि ३ सय रोपनी क्षेत्रफल उपलब्ध गराउनेलाई १ करोड रुपैया उपलब्ध गराउने भएको सरकारका प्रवक्ता बस्नेतले बताए ।

त्यसै गरी तराई भेगमा ४० देखि ६० बिगाहा जग्गा उपलब्ध गराउदा ५० लाख उपलब्ध गराउने र ८० देखि १ सय बिगाहा जग्गा उपलब्ध गराउदा ७० लाख उपलब्ध गराउने भएको प्रवक्ता बस्नेतले जनाए । प्रदेश सरकारले बढी राजश्व संकलन गर्ने उद्धेश्यले सार्वजनिक बाटाको नक्साङकन गर्ने भएको छ ।

धेरै ठाउँमा बाटो खोलिएको भए पनि केही बाटाको नक्साङकन नभएकोले बाटाको अध्यावधिक गर्न र राजश्व संकलन गर्ने उद्धेश्यले सार्वजनिक बाटो अध्यावधिक गर्न कार्यविधि २०७६ स्वीकृत गरेको सरकारका प्रवक्ता बस्नेतले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button