लागुऔषधसहित ३ जना पक्राउ

पोखरा न्यूज -०७, मंसिर ।नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले ५ हजार १ सय ९४ एम्पुल लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलबाट मकवानपुरका २४ वर्षीय धनबहादुर वाइबा, ३६ वर्षीया सुनिता गोले र रत्नपार्कबाट ५५ वर्षीय रमेश शिवभक्तिलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले उपत्यकाका विभिन्न स्थानमा अवैध रुपमा लागऔषध कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका शिवशक्तिबाट डाइजेपाम १ सय ९४ एम्पुल, नुर्फिन १ सय ९० एम्पुल र फेनारगन १ सय ८९ एम्पुल तथा वाइबा र गोलेसँग डाइजेपाम १ हजार ४ सय ८७ एम्पुल, नुर्फिन १ हजार ५ सय ६४ एम्पुल, फेनारगन १ हजार ५ सय ७० एम्पुल र लागुऔषध नाइट्रोजेपाम ५ हजार ५ सय ५० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका शिवभक्ति र वाइवा यसअघि लागऔषध कारोबारमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाही गरिने लामाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button