मेलिना राईको स्वरमा टिलपिल टिलपिल तारा (हेर्नुहोस् भिडियो)

आर.आर.पौडेल, पोखरा न्यूज -०८, मंसिर । गीतकार सुमन श्रापितको शब्द रचनामा लोक आधुनिक गीत टिलपिल टिलपिल ताराको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लोक, आधुनिक, फिल्मी,पप, चाड विशेष सबै खाल्का गीत लेख्नमा उत्तिकै माहिर मोफसलमा रहेर ब्यबसायिक गीतकारको छवि बनाएका व्यीक्र हुन् श्रापित । यो गीतमा बिगत दुई दशक देखि साङ्गितिक क्षेत्रमा लागि परेकी सयभन्दा बढी गीतको नृत्य निर्देशन र चलचित्र निर्देशन गरिसकेकी संगीता श्रेष्ठले भिडियोको निर्देशन गरेकी छिन ।

रणवीर चलचित्र बाट डेब्यु गरेकी नायिका शुपुष्पा भट्टले यस गीतमा अभिनय गरेकी छिन । हालै रिलिज भएको फिल्म छ माया छप्पकै चलचित्रमा समेत अभिनय गरेकी उनी अहिले चपली हाइट ३ मा मुख्य भुमिकामा काम गर्दैछिन । शुपुष्पा सङ्गै रोहन नेपाली र अजय पुनको फिचरिङ गरेका छन् ।

बिक्रम जङ्ग शाहको प्रस्तुती रहेको गीतमा मेलिना राई र बिक्रम जङ्ग शाहको स्वर र जीवन परियारको सङ्गीत, शिवराम श्रेष्ठको छायांकन र रोहन अशिफ को कोरियोग्राफी रहेको छ । भिडियो ओएसार यूटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button