बेनीमा ‘१८ औँ जेसीजकप’ फुटबल प्रतियोगिता सुरु

कमल खत्री,  पोखरा न्यूज-१०, मंसिर । म्याग्दी सदरमुकाम बेनीमा नरेश मोबाइल १८ औँ अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । मंसिर १४ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता न्यू वेष्ट प्वाईन्ट आवसीय माविले विजयी यात्रा सुरु गरेको छ ।

उद्घाटन खेलमा मालिका गाउँपालिका–५ देविस्थानको गौबमबस्थ माविलाई शुन्यका विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्टले बिजयी सुरुवात गरको हो । प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ्ग शिल्ड , ट्रफि, मेडल, प्रमाण–पत्रसहित नगद रु ५१ हजार पुरस्कार पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी उपविजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित रु ३१ हजार, अनुशासित टिमलाई नगद र ७ हजार ७७७ पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उत्कृष्ट कोचलाई समेत नगद रु २ हजार पाँच सय सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिताका मुल संयोजक हरि भण्डारीले जानकारी दिए ।

गण्डकी प्रदेशका सांसद विनोद केसीले सोमबार साँझ उद्घाटन गरेको प्रतियोगिताको उद्घाटन खेलमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सुभारम्भ गरेका थिए । प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोबाइल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवेयर-रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको म्याग्दी जेसिजका शाखा अध्यक्ष खम थापाले जानकारी दिए ।

म्याग्दीमा हरेक बर्ष आयोजना हुने जेसिजकप फुटवल विद्यालय स्तरमा हुने लोकप्रिय प्रतियोगिताको रुपमा चिनिन्छ । यस प्रतियोगितालाई म्याग्दी जेसिजले आर्थिक संकलन गरि निरन्तरता दिँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button