म्याग्दीमा मोटरसाईकल दुर्घटना हुँदा ३ घाइते, १ को अवस्था गम्भिर

पोखरा न्यूज – १०, मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मोटरसाइकल दुर्घटना परि एक जना गम्भिर घाइते भएका छन् भने दुई जना समान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

गलेश्वर देखी बेनी आउदै गरेको ध १ च २३५ नम्बरको बोलेरो जिप र बेनी देखी गलेश्वर जादै गरेको ध १ प ३४९ नम्बरको भिआर मोटरसाईकल एक आपसमा ठोकिदा बाईकमा सवार रघुगंगा गाउँपालिका ६ पाखापानीका २३ बर्षीय सन्तोष थजाली गम्भिर घाईते भएका छन् ।

अन्य दुई समान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयका बैकुण्ठ पौडेलले जानकारी दिए ।  उनका अनुसार माटरसाईकलामा थजाली, अम्मर पाईजा र मनी पुर्जा सवार रहेका थिए । घाईते भएका थजालीको टाउकोमा चोट लागेको छ । अहिले उनको जिल्ला अस्पताल बेनीमा उपचार भैरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button