पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य ५२ प्रतिशत सम्पन्न

दीननाथ बराल, पोखरा न्यूज-१०, मंसिर । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य करिब ५२ प्रतिशत सम्पन्न भएको छ । पोखरा विमानस्थल निर्माण कार्य हालसम्म करिब ५२ प्रतिशत सम्पन्न भएको पोखरा विमानस्थल आयोजना प्रमुख विनेस मुनानकर्मीले बताए ।

सन् २०२१ जुलाइ १० भित्र उक्त परियोजना सक्नेगरी हाल पोखरा विमानस्थल निमार्णको काम धमाधम भईरहेको उनले जनाए । हालसम्म फाउण्डेसन, रनले, ट्याक्सि वे, ह्याङगर, ड्रेन सहितको धेरै भौतिक संरचना निर्माण भएको बताएका प्रमुख मुनानकर्मीले १४ वटा भवनहरु मध्ये ११ वटा भवन निमार्ण कार्य सम्पन्न भएको जनाए ।

आउँदो अग्रेंजी महिना जनवरी भित्र बाँकी रहेको भवन, केही भवनमा छानो हाल्ने कामहरु सकिने भएको उनले बताए । उनका अनुसार टावर भवनको हाल छैटौं तलाको काम भैरहेको छ भने कार्यालय भवनको तेश्रो तलाको काम हुदैछ, टर्मिनल भवनमा छानो छाउने काम भैरहेको छ । त्यसैगरी केही भवनमा प्लाष्टर गर्ने र झ्याल ढोका राख्ने काम समेत तिव्र गतिमा हुदै गरेको प्रमुख मुनानकर्मीले बताए ।

आयोजना प्रमुख  मुनानकर्मीका अनुसार पोखरा विमानस्थल निर्माण भएसंगै सन् २०२१ बाट हवाई उडान गर्नको लागि थप जग्गा आवश्यक हुने भएको छ । हवाई उडान(फ्लाईट) को लागि अत्यावश्यक दक्षिणपुर्वी तर्फ १ सय ६ रोपनी र उत्तरपुर्वी तर्फ भने करिब ४२ रोपनी जग्गा आवश्यक भएको प्रमुख मुनानकर्मीले बताए । क्याविनेट बैठकबाट केही दिन अगाडि उक्त जग्गा अधिग्रहण गर्ने निर्णय भएकोले अब छिट्टै प्रकृयामा जाने आफुहरुले तयारी गरेको उनले बताए ।

उनका अनुसार उक्त जग्गा भित्र करिब १६ घर परेका छन्। हवाई उडान गर्नको लागि इकुमेन्ट सहितको सामाग्रिहरु रन वे भन्दा केही खुल्ला तथा टाढा राख्नुपर्ने भएकोले उक्त जग्गा आवश्यक भएको भन्दै आफुहरुले अधिग्रहण गर्न प्रस्ताव पेश गरेको प्रमुख मुनानकर्मीले जनाए । अव १ किलोमिटर लम्वाई र ३३० मिटर चौडाईको जमिन आवश्यक भएको उनले बताए । भविश्यलाई हेरी थप सुरक्षित र व्यबस्थित पार्न केही जग्गा समेत आवश्यक हुने उनको भनाई थियो ।

हवाईमार्गमा पर्ने रिठ्ठेपानीको डाँडाँ कटान गर्न समेत शुरु गरिएको छ । पोखरा विमानस्थलको हवाई रुटमा पर्ने उक्त रिठ्ठेपानीको डाँडाँ स्थानिय व्यवसायीहरुले पोखरा महानगरपालिकासंगको सहकार्यमा उक्त डाँडाँ कटानको कार्य शुरु गरेका हुन्। पहिलो चरणमा ३० मिटरको भाग कटाउनको लागि स्थानियलाई आफुहरुले अनुमति दिएको प्रमुख मुनानकर्मीले बताए । स्थानिय २२ जना व्यक्तिहरुले पोखरा महानगरबाट १० लाख ५० हजार घनमिटर माटो निकाल्ने अनुमति लिएको स्थानिय एक जग्गाधनि गोविन्द तिमिल्सिनाले बताए ।

नेपालमै पहिलो पटक निमार्ण भएको २ हजार ५ सय मिटरको लम्वाई र ४५ मिटरको चौडाईमा रिजीट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनको मार्ग निमार्ण कार्य सकिएको छ । उक्त धावन मार्ग तीन तहमा निमार्ण भएको हो ।

विमानस्थल करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सकिने गरी चाईनिज कम्पनीले  निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाएको चाईनिज सिएएमसी कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले बताए । करिब ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थल निमार्ण शुरु भएको हो ।

अर्थ मन्त्रालयसंग सहायक ऋण सम्झौता भएसंगै २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट निमार्ण कार्य शुरु भएको हो । ५ प्रतिशत व्याजदरमा २० बर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । शुरुको ७ बर्ष भने (ग्रेस अवधी) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ बर्षसम्म ६/६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button