आर.आर. पौडेल, पोखरा न्यूज -११ मंसिर ।लुक्स फेसन होम एण्ड इभेन्ट मेनेजमेन्ट प्रालिको आयोजनामा पोखरामा भएको पाँचौ संस्करणको मिस कलेज नेपाल २०१९ को उपाधि विपना हमालले जितिन् ।
न्यु ग्यालेक्सी मावीमा अध्ययनरत लेकसाइडकी विपनाले मिस फोटोजेनिकको सवटाइटल समेत हात पारिन् । प्रतियोगीतामा बेष्ट वाल्क सहित फस्ट रर्नसअप स्मृति गुरुङ, मिस क्रियटिभ सहित सेकेन्ड रनर्सअप कुसुम हमाल बनिन् । जिया शाक्यले मिस कन्फिडेन्ट सहित भिवर च्वाइसको पुरस्कार जितिन् ।
रञ्जित इभेन्ट सेन्टरमा आइतबार ११ जना प्रतियोगीका बिचमा उपाधिका लागि प्रतिष्पर्धा भएको थियो । अडिसन मार्फत छानिएका पोखराका विभिन्न कलेजमा अध्ययनरत युवतीलाई तालिम प्रदान गरी अन्तिम प्रतिष्पर्धामा उतारिएको आयोजक संस्थाका रविन्द्र बज्राचार्यले जनाए ।