अर्पना बनिन् सानो परी, कृतन बने सानो बाबु

आर.आर. पौडेल, पोखरा न्यूज -११ मंसिर । पोखराको सेन्टम्यारिज स्कुलमा ५ कक्षामा अध्ययनरत पोखरा फलेपाटनकी अपर्ना मिश्र सानो परी पोखरा २०१९ बनेकी छन् । उनले अन्य २२ जना प्रतिष्पर्धीलाई पछाडी पार्दै उपाधि जितेकी हुन् । उपाधि विजेता बनेकी अपर्नाले प्रतियोगीतामा भाग लिएर आफ्नो व्यक्त्तित्व र नेतृत्व विकासमा सघाउ पुर्याएको बताइन् ।

प्रतियोगीता हुँदैछ भनेर स्कुलमा थाहा पाएकी उनले दिदिसँग कुरा सेयर गरिन् । दिदिले बुबा र ममीलाई यसबारेमा बताएपछि उनलाई यो प्रतियोगीतामा भाग लिन बाटो खुलेको थियो । यसरी पहिलोपटक प्रतियोगीतामा सहभागीतामा विजेता बन्न सफल भएकोमा उनी निकै खुशी छन् ।

‘मैले कसरी बोल्ने, कसरी बस्ने, कसरी हिड्ने मात्र हैन विभिन्न कला सिक्न पाए, म खुशी छु’ अर्पनाले भनिन् । एक्टिङ गर्न मन पर्ने बताएकी उनले स्कुलमा समेत अतिरिक्त क्रियाकलापमा भाग लिने गरेकी छन् । भविष्यमा मिस युर्निभस बन्ने बताउने उनले प्रतियोगीतामा भाग लिएर धेरै नयाँ कुरा सिक्न पाउँदा आत्मबल बढेको प्रतिक्रिया दिइन् । उनकी ममी अनुप्रिया मिश्र पनि छोरीले पाएको सफलतामा साह्रै खुशी छन् । ‘प्रतियोगीतामा भाग लिएर फाइदा भयो, धेरै कुरामा उसले सुधार गरेकी छ’ उनले भनिन् । छोरीको बोल्ने कलामा भएको प्रगतीलाई नजिकबाट नियाल्न पाएको उनले सुनाइन् ।

सानो परी तर्फ फस्ट रनर्सअप कक्षा तीनमा अध्ययरत पोखरा लेकसाइडकी ओजस्वी भुजेल, कक्षा ४ मा अध्ययनरत विरौटाकी अन्ननय खत्री र कक्षा ६ मा अध्ययनरत पोखरा १२ की शाइन थापा मगर बने । सेकेन्ड रर्नसअपमा पोखार १५ की कृपा गुरुङ, पोखरा १२ फुलबारीकी स्नेहा कोइराला र पोखरा १० की निलिमा रेग्मी आउन सफल भए । थर्ड रर्नसअपको पुरस्कार पोखरा ११ की इरिका रञ्जित, पोखरा विरौटाकी श्याभिजा खत्रीले जिते । भिवर च्वाईस पोखरा १५ की मिसन हमालको पोल्टामा पर्यो  ।

जित हाम्रो फाउन्डेसनले आयोजना गरेको १५ औँ सँस्करणको सानो परी एण्ड सानो बाबु पोखरा २०१९ अन्र्तगत सानो बाबु पोखरा तर्फको उपाधि पोखरा १७ का १२ वर्षिय कृतन भक्त आचार्यले जिते । सानो बाबु तर्फ फस्ट रनर्सअप पोखरा १७ का प्रनिल पोखरेल र पोखरा ३ का आर्यन पौडेल, सेकेन्ड रनर्सअप अम्मरसिँहचोकका प्रसन्न केसी र पोखरा न्युरोडका सर्घष मरासिनी, थर्ड रर्नसअप पोखरा ११ का ब्रायन गुरुङ बन्न सफल भए ।

सानो परी तर्फ २३ र सानो बाबु तर्फ १३ जनाबिच फाइनल प्रतिष्पर्धा भएको हो । उनीहरु सबैजना ७ देखि १२ वर्ष सम्म उमेरका बाबुनानीहरु थिए । उपाधिनै चुम्ने उनीहरु सबैको लक्ष्य थिएन । तर केहि सिक्ने र आफुमा निखारता थप्न चाहना सबैमा थियो । यसमा उनीहरुको अभिभावकको साथ महत्वपुर्ण उर्जा थियो । उनीहरुलाई विभिन्न ५ वटा गुप्रमा विभाजन गरी तालिम प्रदान गरी अन्तिम प्रतिष्पर्धामा उतारिएको थियो ।

जित्नु भन्दा पनि ट्रेनिङमा केहि कुरा सिकौं भन्ने उद्धेश्य अधिकांश सहभागीको थियो । हार जित भन्दा पनि विदाको समयमा केही कुरा सिकुन् भन्ने उद्धेश्यले आफुहरुले प्रतियोगीतामा सहभागी गराएको अभिभावकको प्रतिक्रिया पाइयो । आफ्ना बाबु नानीले झण्डै एक महिनाको अवधिमा सिकेका कुरालाई सबैको अगाडी स्टेज मार्फत देखाउदा अभिभावक खुशी देखिन्थे ।

बाबुनानीलाई आत्मबल बढोस्, केहि नयाँ कुरा सिकुन्, अरुको अगाडी निर्धक्क बोल्न सकुन् भन्ने उनीहरुको चाहना पुरा तहाँ भयो । प्रतियोगीले प्रष्ट रुपमा उत्तर दिन सक्ने, आफ्नोकुरा खुलस्त भन्ने, स्मार्ट वाल्क, बडी ल्याङवेज, साथीभाईसँग मेलमिलाप गर्न, साथीहरुका राम्रा कुरा सिक्ने अवसर पाप्त गरे । आफ्ना बाबु नानीको प्रस्तुती दर्शक बनेर नियाल्न पाउँदा अभिभावक निकै खुशी थिए । दर्शक दिर्घाबाट आएको अभिभावकको हुटिङले बालबालिकामा उर्जा थप्यो ।

पोखरामा सन् २००५ बाट यो प्रतियोगीता सुरु भएको हो । अहिलेसम्म छ सय जनाले यस प्रतियोगीतामा भाग लिइसकेको जित हाम्रो फाउन्डेसनका संस्थापक संस्थापक राजेश जोशीले बताए । फरक–फरक विद्यालयमा अध्ययनरत बाबुनानीको भेटघाटले एकअर्कासँग नजिकपना मात्र नभएर प्रतिभा आदान प्रदान गर्न मद्दत पुग्दछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button