पोखरामा नेकपाको चुनावीसभा नजिकै विष्फोट, २ गाडीमा क्षति 

दीननाथ बराल, पोखरा न्यूज – ११ मंसिर । पोखरामा  नेकपाको चुनावीसभा स्थल  नजिकै विष्फोट भएको छ ।

विष्फोटबाट २ गाडीमा सामान्य  क्षति पुगेको छ । विष्फोटबाट ग १ ख ८८९१ नम्बरको यात्रुबाहक बस र ग १ ख ६७९४ नम्बरको माइक्रो बसमा क्षती पुगेको हो । विष्फोटमा भागदौड हुँदा केहि व्यक्ति घाइते भएको बताइएको छ ।

कास्की-२ को उपचुनावका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  पोखराको नयाँबजार स्थित  प्रदर्शनीकेन्द्रमा  चुनावीसभा गरिरहदा सभास्थलको २ सय मिटरको दुरीमा विष्फोट भएको हो । प्रदर्शनीस्थलमा रहेको डोमको उत्तर तर्फको भागमा पार्किङ गरेर राखेका बस नजिकै  विष्फोट हुँदा गाडीका सिसाहरु फुटेका छन् ।

चुनावीसभालाई नेकपाका नेता सुबास नेम्वाङले सम्बोधन गरिरहदा विष्फोट भएको हो । नेकपा अध्यक्ष प्रचण्ड चुनावीसभा स्थलमा  प्रवेश गरेको केहीबेरमै  विष्फोट भएको बताइएको छ  ।

विष्फोट कस्तो प्रकारको हो भन्ने बारेमा अनुसन्धान भैरहेको घटनास्थलमा रहेका सुरक्षाकर्मीले  जनाएका छन् । विष्फोट लगतै सभास्थल र पोखरामा थप सुरक्षाकर्मीहरु खटाइएको  छ ।नेकपाले कार्यकर्ता ओसार्न प्रयोग गरेको बसमा क्षति पुगेका बताइएको छ ।

यसअघि पोखरामा  कात्तिक २१ गते पनि नेकपा उमेदवार बिद्या भट्टराईले  उम्मेदवारी दर्ता गर्ने समयमा निर्वाचन कार्यालय नजिकै विष्फोट भएको थियो ।

त्यसैगरी पोखरामै सोमबार राति करिब २ बजे  पोखरा – ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम बिष्फोट भएको थियो ।

यो पनि पढ्नुहोस् :-

पोखरामा चुनावीसभा स्थलमा भएको विष्फोटमा भागदौड हुँदा ५ घाइते

पोखरामा नेकपाको चुनावीसभा स्थलमा विष्फोट गराएको आशंकामा १ पक्राउ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button