चोरीका १७ थान मोटरसाइकल फेला

पोखरा न्यूज- ११, मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १७ थान  मोटरसाइकल फेला पारी आज सम्बन्धित मोटरसाइकलधनीलाई बुझाएको छ ।

उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर, बालाजु, भक्तपुर, गौशाला, सोह्रखुट्टेलगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई बुझाइएको महाशाखाले जनाएको छ । चोरीका मोटरसाइकल खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता रविकुमार पौडेलले जिम्मा लगाएका हुन्  । महाशाखाबाट सबिना तामाङ, गणेश खकुरेल, प्रकाशमान सिंह, भीमप्रसाद दुलाल, तारा भण्डारी, अमित ठकुरी, राजाराम थापा, सुमन राना, सकिन खड्गी, प्रवीण सुवेदीलगायतले आजै मोटरसाईकल बुझेर लएका छन  ।

उनीहरुले मोटरसाइकल खोजी गर्ने प्रहरीहरुलाई धन्यवादसमेत दिए  । चालू आवमा हराएका १ सय १८ मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button