पोखरा स्थित मानव सेवा आश्रमलाई सहयोग

पोखरा न्यूज- १२, मंसिर । पाल्पाली समाज पोखराले २६ औं स्थापना दिवस अवसरमा मानवसेवा आश्रममा भोजनदान तथा ४० हजार नगद सहयोग गरेको छ ।

समाजले पोखरा-१७, छोरेपाटनस्थित आश्रममा आश्रित १ सय ७ जनालाई बिहीबार एक छाक भोजनदान गरेको हो । तीमध्ये ५१ महिला, ५१ पुरुष र ५ जना केटाकेटी छन् । समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्वस्वरुप समाजले आश्रममा सहयोग गरेको जानकारी दिए ।

नगद सहयोगको लागि समाजको तर्फबाट २० हजार, केशव नेपाल र पार्वती नेपालबाट ३ हजार, रेनुका बज्राचार्य २ हजार, वर्षा श्रेष्ठ, चन्द्रप्रकाश श्रेष्ठ र श्रीधर पराजुलीबाट जनही २ हजार ५ सय, पदमप्रसाद पोखरेल र सुनिल अर्याल जनही २ हजार, धनबहादुर झेंडी र यज्ञमान शाक्य जनही ११ सय, बालचन्द्र परियार १ हजार रुपैयाँ सहयोग गरिएको हो ।

यस्तै, समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले आमा कलाकुमारीको स्मृतिमा ५ बोरा चामल र ह्याप्पी होमबाट २ बोरा चामल सहयोग गरियो । नगद तथा जिन्सी सहयोग आश्रमका अभिभावक एवं पत्रकार सुष्मा पौडेल र आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई कार्यक्रम संयोजक लोकनाथ काफ्ले, समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, कोषाध्यक्ष सञ्जय आत्रेय लगायतले संयुक्त हस्तान्तरण गरे ।

कार्यक्रममा समाजका अभिभावक एवं पत्रकार सुष्मा पौडेलले समाजको कार्यको प्रशंसा गरिन् । उनले मानव सेवा आश्रम अब हेमजामा आफ्नै भवनमा सर्ने तयारी भएको पनि बताइन् । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं समाजका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले पाल्पाली समाजले झैं अन्यले पनि यस्तै सहयोग गर्नुपर्ने बताए । गत वर्ष पनि समाजले पोखराको ह्याप्पी होममा सहयोग गरेको समाजका प्रथम उपाध्यक्ष रेशम रचकले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button