तनहुँका नदीमा माछा लोप हुन थालेपछि करेन्टमा प्रतिबन्ध

पोखरा न्यूज- १३, मंसिर । नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि तनहुँको ब्यास नगरपालिका–५ ले त्यसरी माछा मार्न प्रतिबन्ध लगाएको छ । करेन्टको प्रयोगले नदीमा माछा लोप हुन थालेपछि वडा कार्यालयले माछा मार्न प्रतिबन्ध लगाएको हो ।

वडा अन्तर्गत पर्ने मादी, सेती, साङ्गे खोला र प्राकृतिक तालमा विस्फोटक पदार्थ, विषादी तथा विद्युतीय प्रक्रियाबाट माछा मारे कारवाही गरिने वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । गैरकानूनी तरिकाले माछा समात्ने र मार्ने व्यक्तिलाई रु दुई हजारदेखि रु पाँच हजारसम्म जरिवाना वा जलचर ऐन बमोजिम कडा कारवाही गरिने उनले बताए ।

“करेन्ट लगाएर माछा मार्ने क्रम बढेसँगै नदीमा माछा लोप हुँदै गएका छन्”, उनले भने, “यस्ता कार्यलाई नियन्त्रण गर्न लागिपरेका छौ ।” वडाध्यक्ष श्रेष्ठका अनुसार नदीमा करेन्ट प्रयोग गरे-नगरेकोबारे अनुगमन भइरहेको छ । माछा मार्नका लागि जालको प्रयोग भने गर्न पाइनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button