सुन तोलामा ३०० ले बढ्यो

पोखरा न्यूज- १३, मंसिर । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार निर्धारण गरेको छ ।

बिहीबार छापावला सुन प्रतितोला रु ७१ हजार र तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य रु पाँचले वृद्धि भई प्रतितोला रु ८५५ मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button