पोखरामा २ सय ५० सवारीसाधन प्रहरी नियन्त्रणमा

दीननाथ बराल, पोखरा न्यूज – १४, मंसिर । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको दिन आज पोखरामा अनुमति विना चलाएका करिब २ सय ५० वटा सवारी साधनहरु प्रहरी नियन्त्रणमा रहेका छन्।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट सवारी अनुमती पत्र नलिई पोखरामा संचालनमा आएका साना ठुला गरी करिब २ सय ५० वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको कास्कीका ट्राफिक प्रहरी प्रमुख सन्तोस  रोक्काले बताए ।

निर्वचनाका बेला नियम विपरित निर्वाचन क्षेत्र भित्र संचालनमा आएका मोटरसाइकल, स्कुटर सहितका सवारी साधनहरु हाल आफ्नो नियन्त्रणमा रहेको साँझ ५ बजे पछि मात्र प्रकृया पुराएर सवारी साधन लैजान दिने भएको उनले जनाए ।

त्यसै गरी हरियो प्लेटका पर्यटक गाडीहरुलाई समेत स्कटिङ गरि पोखरादेखि अन्य ठाउँको लागि छुटेका सवारी साधनहरुलाई पोखरा बाहिर पठाएको प्रहरी निरिक्षक रोक्काले जनाए । उनका अनुसार पोखरा हुदै चल्ने लामो दुरीका सवारी साधनहरुलाई पृथ्बीचोकमा चेकिङ गरी स्कटीङ समेत गरी पोखरा बाहिर जाने प्रबन्ध गरिएको छ ।

पोखराबाट अन्य जिल्लामा लामो दुरीका गाडीहरु समेत संचालन हुने हुदा विभिन्न ठाउँमा गाडी रोकी केही घण्टामा स्कटीङ गरी यातायात सेवा संचालन गरिएको छ । पुर्वतर्फ विजयपुर खोला, पश्चिम उत्तरमा याम्दीपुल, दक्षिण पश्चिममा कालिमाटि खोलामा गाडीहरुलाई रोकेर होल्ड गर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

लामो दुरीमा चढ्ने र आवश्यकताको आधारमा मात्र स्कटीङको व्यवस्था गरिने भएको कास्कीका प्रहरी प्रमुख एस.पी.दानबहादुर कार्कीले बताए । स्कटीङका क्रममा निर्वाचन हुने ठाउँमा कुनै पनि गाडी रोक्न नपाउने र यात्रु चढ्न र झन समेत नपाउने उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button