कास्की-२ उपनिर्वाचनमा नेकपाकी उम्मेदवार भट्टराई अग्र स्थानमा

दीननाथ बराल, पोखरा न्यूज – १५, मंसिर । नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नम्बर ३३ को मत परिणाम सार्वजनिक भएसंगै अग्र स्थान हासिल गर्न सफल भएकी छन्। कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि शनिबार भएको निर्वाचन पश्चात आज बिहान १ः४० बजेदेखि शुरु भएको मतगणमा नेकपाकी भट्टराईले ३ हजार २ सय ७६ मत ल्याउदै अग्रस्थान हासिल गर्न सफल भएकी हुन्।

नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मत ल्याएका छन्। २१ जना चुनावी मैदानमा उत्रिए  पनि मुख्य प्रतिस्पर्धा नेकपाकी उम्मेदवार भट्टराई र काँग्रेसका उम्मेदवार पौडलेल बिच प्रतिस्पर्धा  हुने भएको देखिन्छ । वडा नम्बर ३३ मा भट्टराईले १ हजार १ सय १६ मत अन्तरले अग्रता हासिल गरेकी हुन्। समाजवादी पार्टीका धर्मराज गुरुङले ९५ मत प्राप्त गर्दा साझा पार्टीकी रजनी केसीले भने ३२ मत ल्याएकी हुन्।

६३.४० प्रतिशत मत खसेको छ । कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता सङख्या मध्ये शनिबारको उपनिर्वाचनमा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५ सय ६३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

निर्वाचनमा पुरुष भन्दा ८.७६ प्रतिशत अर्थात ४ हजार ३५ जना बढी महिला सहभागिता भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । कास्की उपनिर्वाचनमा ३८ हजार ७ सय ६४ महिला मतदाता सङख्या रहेको छ भने ३३ हजार १ सय ६ पुरुष मतदाता सङख्या रहेको छ । महिला मतदाता पुरुषको तुलनामा ७.८६ अर्थात ५ हजार ६ सय ५८ जनाले बढी रहेकाछन्। उनका अनुसार महिला ५४.३८ प्रतिशत अर्थात २४ हजार ७ सय ७९ र पुरुष ४५.६१ प्रतिशत अर्थात २० हजार ७ सय ८४ मतदानमा सहभागि भएका हुन्।

सम्पूर्ण मतपेटिका मुख्य निर्वाचन कार्यालयमा आएसंगै आज साझ सर्वपक्षिय र सर्वदलिय बैठक बसेर आजैबाट मतगणना समेत सुरु गर्ने तरखरमा आफुहरु रहेको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए । जिल्ला समन्वय समितिमा पहिलो चरणमा दुई ठाउँबाट मत गणना शुरु गर्ने भएकोे सहायक निर्वाचन अधिकृत उपाध्यायले बताए । उनका अनुसार आइतबार बेलुकासम्ममा सवैको साथ र सहयोग भएमा मतपरिणाम आउने छ ।

बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान आज साँझ ५ बजे सम्पन्न भएको हो । पोखरा महानगरभित्र का ११ वटै वडामा ३२ मतदान स्थल मध्य ८२ मतदान केन्द्रमा छिटपुट घटना बाहेक सौहार्द पूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्र सुवेदीले बताए । कास्की २ मा १० स्वतन्त्र सहित २१ जना उम्मेदवार रहेकाछन्।

२०७४ सालको चुनावमा वाम गठबन्धनका रवीन्द्र अधिकारीले जित हासिल गरेका थिए । उनले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत पाएकोमा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । सो बेलाको चुनावमा ७० हजार ६ सय ५१ मतदातामध्ये ४९ हजार ९ सय मत खसेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button