तनहुँमा पोथी चितुवा नियन्त्रणमा

पोखरा न्यूज – १५, मंसिर । चितुवा नियन्त्रणका लागि तनहुँको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर राखिएपछि आज बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि वडा नं ३ रिढीपानीस्थित कालिका सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

अन्दाजी १० वर्ष र ५० केजी तौल भएको पोथी चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षित रुपमा चितवन स्थानान्तरण गरिनेछ ।

चितुवा नियन्त्रणका लागि नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर निर्माणपछि खोरमा परेर पाँच चितुवा नियन्त्रणमा आएका छन् । दुई भाले र दुई पोथी गरी चार चितुवा नियन्त्रणमा आइसकेका छन् ।

खोरमा परेका चितुवामध्ये एउटालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यान, दुईलाई चितवन राष्ट्रिय निकुञ्ज र एउटालाई बुटवलस्थित मणिमुकुन्दसेनको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको थियो ।

चितुवा नियन्त्रणका लागि बनाइएका काठका खोर प्रभावकारी बन्दै गएका डिभिजन वनप्रमुख बरालले जानकारी दिए  । सो नगरपालिकामा बालबालिकामाथि आक्रमण गर्ने पोथी चितुवा हुन सक्ने अनुमान छ । भालेभन्दा पोथी चितुवा नरभक्षी हुने वनका प्राविधिकको भनाइ छ । नगरपालिकाका वडा नं १, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठका खोर निर्माण गरेर राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button