पोखरा मौजामा माटोको ढिस्कोले पुरिएर ३ को मुत्यु, २ बेपत्ता

दीननाथ बराल, पोखरा न्यूज – १५, मंसिर । पोखरा महानगरपालिका वडा नम्बर २० स्थित मौजा बिसौनामा सडकको रिटेलिङ वालको जग खन्ने क्रममा ढिस्कोले पुरीदा ३ जनाको मुत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

आज बिहान करिब ८ः०० बजे रिटेलिङ वालको जग खन्ने क्रममा एक्कासी माथिबाट आएको ढिस्कोले पुरीदा सल्यान बागचौर, पेदीखोलाका तीन जनाको मुत्यु भएको स्थानियले बताए ।

ढिस्कोले पुरीएर मजदुर तोवन बस्नेत, खिमलाल ओली र गणेश ओलीको मुत्यु भएको पोखरा -२० का वडा अध्यक्ष सिम गुरुङले बताए । उनका अनुसार ढिस्कोले ५ जना पुरीन पुगेका हुन भने बाँकी दुई जना हालसम्म बेपत्ता भएकाछन्। बेपत्ता हुनेमा सल्यान जिल्लाकै जोगेन्द्र बुढाथोकी र जित बहादुर बस्नेत रहेकाछन्।

स्थानिय र नेपाल प्रहरीले ढिस्काले पुरिएकाहरुको उद्धार गर्ने क्रममा तीन जनाको शव निकालेका हुन्। बाँकी दुई जनाको समेत खोजि कार्य भई रहेको छ ।  घटनास्थलमा नेपाल प्रहरी सहित नेपाली सेना र शसस्त्र प्रहरी बलको टोली पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button