युरो २०२० को ड्र सार्वजनिक, जर्मनी, फ्रान्स र पोर्चुगल एकै समुहमा

पोखरा न्यूज – १५, मंसिर ।  युरो कप फुटबल २०२० को ड्र सार्वजनिक गरिएको छ । ड्रको सबैभन्दा रोचक समूह अन्तर्गत ग्रुप ‘एफ’ मा जर्मनी, फ्रान्स र पोर्चुगल एकै साथ परेका छन् भने चौथो टोलीको निर्क्योल हुन भने बाकिँ नै छ ।

ड्र अनुसार समूह ‘ए’ मा इटाली, स्वीजरल्यान्ड, टर्की र वेल्स छन् भने समूह ‘बि’ मा बेल्जियम, रसिया, डेनमार्क र फिनल्यान्ड रहेका छन् । त्यस्तै समूह ‘सि’ मा युक्रेन, नेदरल्यान्ड र अस्ट्रिया छन् भने चौथो टोलीका रुपमा जर्जिया, बेलारुस, उत्तर मेसोडोनिया र कोसोभो मध्ये एक प्लेअफबाट छनोट हुनेछन् ।

समूह ‘डि’ मा इङ्गल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक छन् भने समूह ‘इ’ मा स्पेन, पोल्यान्ड र स्वीडेन छन् । समूह डि मा प्लेअफबाट नर्वे, सर्बिया, स्कटल्याण्ड र इजरायलमध्ये एक छनोट हुनेछन् भने समूह ‘इ’ मा बोस्निया एन्ड हर्जगोभिना, उत्तर आयरल्यान्ड, स्लोभाकिया र आयरल्यान्डमध्ये एक सहभागी हुनेछन् ।

ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ मा जर्मनी, फ्रान्स पोर्चुगलका साथै प्लेअफबाट बुल्गेरिया, हङ्गेरी, आइसल्यान्ड र रोमानियामध्ये एक राष्ट्र छनोट हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button