मजदुरको निधनप्रति पोखरा महानगरद्वारा दु:ख व्यक्त

पोखरा न्यूज – १५, मंसिर । पोखरा २० मा निर्माणाधीन भलाम-मौजा जोड्ने कनेक्टिङ सडक खण्डको विसौनामा रिटेनिङवाल लगाउने क्रममा मंसिर १५ गते अकस्मात खसेको माटोको ढिस्कोले पुरिएर ५ मजदुरको निधन भएको घटनाप्रति पोखरा महानगरपालिका दु:ख व्यक्त गरेको छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले आइतबार शोक विज्ञप्ति जारी गर्दै  मनिपाल- र्यालेचौर-मौजा-बिसौना हुँदै सिक्लेस र मनाङ पुग्ने सडक खण्डमा कार्यरत सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ पेदीखोला घर भएका तोबान बस्नेत, जीतबहादुर बस्नेत, खिमलाल ओली, गणेश ओली र जोगेन्द्र बुडाथोकीको दुखद् निधन भएको जनाएका छन् ।

घटना लगत्तै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले घटनास्थलको निरीक्षण गरेर मृतकहरुप्रति श्रद्धा प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘उक्त मानवीय क्षतिको घटनाले पोखरा महानगरपालिका परिवारलाई दुखी बनाएको र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ,‘निर्माणमा सम्लग्न पक्षले आगामी दिनमा निर्माण कार्यमा जोखिमपूर्ण अवस्थामा अपनाउनुपर्ने सतर्कता तथा विपद् व्यवस्थापन गर्न महानगरपालिका ध्यानाकर्षण गराउँदछ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button