कास्की-२ मा बिद्या भट्टराई विजयी, काँग्रेस उम्मेदवार पौडेलले दिए बधाई

पोखरा न्यूज – १५, मंसिर ।  कास्की क्षेत्र नम्बर २ को  उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई भारी मतान्तरका साथ विजयी भएकी छिन् ।

भट्टराईले कुल खसेको मतमध्ये २४ हजार ३ सय ९५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेम राज पौडेलले १५ हजार ९८६ मत ल्याए । भट्टराईले पौडेलभन्दा ८ हजार ४०९ मत बढी ल्याउँदै जीत हासिल गरेकी हुन् ।

अन्य उम्मेदवारमा समाजवादीका धर्मराज गुरुङले १ हजार ९ सय २२, राप्रपाका रमबहादुर भण्डारीले १ हजार १ सय ५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ र विकेकशील पार्टीकी जमुना शर्माले ७७ मत हासिल गरे ।

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि शनिबार भएको निर्वाचन पश्चात आज बिहान १ः४० बजेदेखि मतगणना सुरु भएको थियो । चुनावी मैदानमा २१ उम्मेदवार उत्रिएका थिए ।

यसैबीच विजयी भट्टराईलाई  प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले बधाई दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button