कास्की-२ मा बिद्या भट्टराईको जितसंगै विजयी उत्सव

दीननाथ बराल, पोखरा न्यूज – १५, मंसिर । नेकपाकी उम्मेदवार बिद्या भट्टराई कास्की क्षेत्र नम्बर २ उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित भएसंगै विजयी उत्सव मनाइएको छ ।  ८ हजार ४ सय ३ मत अन्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई पराजित गर्दै भट्टराईले जित हासिल गरेसंगै उनका नेता तथा कार्यकर्ताले फुलमाला लगाएर विजयी उत्सव मनाएका हुन्।

 

भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याउदा उनका प्रतिद्वन्द्वी  पौडेलले भने १५ हजार ९ सय ९१ मत प्राप्त गरे । त्यसै गरी कास्की २ मा समाजबादी पार्टी तेस्रो शक्तिको रुपमा उदायको छ । समाजबादीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत ल्याउदै आफ्नो पार्टीलाई तेस्रो शक्तिको रुपमा स्थापित गरेका हुन्।

त्यस्तै राप्रपाका रोम भण्डारीले चौथो स्थान ओगट्न सफल भए । रापप्राका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत प्राप्त गरी चौथो शक्तिको रुपमा स्थापित भए । नयाँ शक्तिको रुपमा स्थापित हुन खोजेको साझा पार्टी पाचौं स्थानमा रहेको छ । साझाकी रजनी केसीले ९ सय ४२ मत ल्याएकी हुन्। मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङले १ सय ३८ मत प्राप्त गरी कास्की २ मा छैटौ शक्तिको रुपमा आफुलाई स्थापित गर्न सफल भएकाछन्।

कास्की २ उपनिर्वाचनमा पोखरा महानगरका ३३, २१,२०, १७, १६, १५, ११, ९, ८, ७, ४ वटा गरी ११ वटा वडामा ७१ ह्जार ८ सय ७१ मतदाता सङख्या रहेकोमा शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ४६ मत खसेको थियो । ६ सय मत बदर भएको छ । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि शनिबार भएको निर्वाचन पश्चात आज बिहान १ः४० बजे देखि मतगणना शुरु भएको थियो ।

२१ जना चुनावी मैदानमा उत्रिए पनि मुख्य नेकपाकी उम्मेदवार भट्टराई र काँग्रेस  उम्मेदवार पौडल बिच भयो । २०७४ सालमा रविन्द्र अधिकारीले कागेंसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मत अन्तरले पराजित गरेका थिए । यसैचिब नेकपा कास्कीले सोमबार पोखरामा पुन विजयी र्याली प्रर्दशन गर्ने भएको नेकपा जिल्ला अध्यक्ष कृष्ण थापाले बताए । त्यसैगरी अन्य विभिन्न पार्टी एवं स्वतन्त्र उमेदवारहरुले ल्याएको मत परिणाम तल प्रस्तुत गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button