तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

पोखरा न्यूज – १६, मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालले चार स्वर्ण जितेको छ । यस सँगै नेपालको कुल स्वर्ण ९ पुगेको छ ।

नेपालकी आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण जितेसँगै नेपाललाई तेक्वान्दोमा चौथो स्वर्ण हात परेको हो । आयशाले ७.९४० अंक ल्याउदै पहिलो स्थान हात पार्दा भारत र श्रीलंकाका खेलाडीले रजत र कास्य हात पारे । भारतकी पराजाकिताले ७.६४० र श्रीलंकाकी गायत्रीले ७.५५० अंक ल्याइन् ।

तेक्वान्दोको तेस्रो स्वर्ण पार्वती गुरुङको नाममा रह्यो । उनले पुम्से कै २४-२९ उमेर समुहमा श्रीलंका र भारतका खेलाडीलाई पछि पारिन् । गुरुङले ८.२५० अंक ल्याएर स्वर्ण जित्दा श्रीलङ्काकी खेलाडीले ८.१४० अंक जोड्दै रजत जितिन् । भारतकी खेलाडीले ८.०३० अंक जोड्दै कास्य जितिन् ।

यस अघि १७-२३ वर्ष महिला उमेर समूहको स्पर्धामा सिना लिम्बू मादेनले स्वर्णपदक जितेकी हुन् । उनले ८.१५० अङ्क जोड्दै स्वर्ण पदक जितिन । भारतकी रुपा बयोरले ८.१३० अङ्क जोड्दै रजत तथा श्रीलङ्काकी मेन्डिस नामुन्नीले ७.९६० अङ्क जोड्दै कास्य पदकमा चित्त बुझाइन ।

आजै पुरुष २३-२९ उमेर समुह पुम्सेमा नेपालका कमल श्रेष्ठले तेक्वान्दोबाट पहिलो स्वर्ण जितेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button