न्यूजील्याण्ड विरुद्ध इङल्याण्डको प्रभावशाली प्रदर्शन

पोखरा न्यूज – १६, मंसिर । इङ्ल्याण्डका ब्याट्सम्यान जो रुटले दोहोरो शतक प्रहार गरेका कारण न्यूजील्याण्ड विरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट रोमाञ्चक स्थितिमा पुगेको छ ।

चौथो दिनको खेल समाप्त हुँदा जो रुटको व्यक्तिगत २ सय २६ रनको मद्दतमा इङ्ल्याण्डले ४ सात ७६ रन बनाएको छ । रुट र रोरी बन्र्सकै कारण इङ्ल्याण्डले न्यूजील्याण्ड विरुद्ध १ सय १ रनको अग्रता कायम गरेको थियो । न्यूजील्याण्डका निल वाग्नरले इङ्ल्याण्डका पाँच विकेट लिएका थिए । न्यूजील्याण्डले पहिलो इनिङमा ३ सय ७५ रन बनाएको थियो ।

चौथो दिन दोस्रो इनिङमा न्यूजील्याण्डले २ विकेटको क्षतिमा ९६ रन बनाएको छ । पाँचौं दिन वर्षा हुने प्रक्षेपण गरिएका कारण यी दुबै बीचको खेल बराबरीमा टुङ्गिने सम्भावना पनि छ ।

न्यूजील्याण्डका जीत राभाल (०) र टम लाथाम (१८) रनमा आउट भइसकेका छन् । स्कोरबोर्डमा २८ रन हुँदा २ विकेट गुमाएको न्यूजील्याण्डका लागि अनुभवी ब्याट्सम्यानहरु रस टेलर र केन विलियम्सनले पालि सम्हालेका छन् ।

इङ्ल्याण्डका जो रुटको टेस्ट क्रिकेटमा यो तेस्रो दोहोरो शतक हो । उनले व्यक्तिगत २ सय २६ रन बनाउने क्रममा झण्डै ११ घण्टा क्रिजमा बिताएर ४ सय ४१ बलको सामना गरेका थिए । यसअघि उनले तीन वर्षअघि पाकिस्तान विरुद्ध २ सय ५४ रन बनाएका थिए । उनको यो अहिलेसम्मकै सर्वाधिक व्यक्तिगत स्कोर हो ।

इङ्ल्याण्डका लागि रोरी बन्र्सले १ सय १ तथा ओल्ली पोपले ७५ रन बनाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button