गण्डकी प्रदेशका तीनै तहमा नेकपा विजयी

पोखरा न्यूज – १६, मंसिर । मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा तीनै तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नं. २ बाट विद्या भट्टराई, वागलुङ निर्वाचन क्षेत्र नं. २ (ख)बाट प्रदेशसभा सदस्यमा खिमविक्रम शाही र लमजुङ, बागलुङ तथा नवलपुरबाट वडाअध्यक्षमा नेकपाका उम्मेदावार निर्वाचित भएका छन  ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनाको कारण रिक्त रहेको उक्त स्थानमा रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अधिकारीले २४ हजार ३ सय ९४ मत प्राप्त गरी विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरे । मतान्तर आठ हजार ३ सय ९३ रहेको थियो ।

त्यसैगरी प्रदेशको एक मात्र प्रदेशसभा सदस्य निर्वाचन बागलुङ जिल्ला निर्वाचन २(ख) मा सत्तारुड दल नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही निर्वाचित भएका छन  ।

सो क्षेत्रबाट राजमोबाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनको कारण भएको उपनिर्वाचनमा उम्मेदवार शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरी विजयी भएका छन  ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीत शेरचनले नौ हजार १ सय ३८ मत प्राप्त गरे । सो क्षेत्रमा मतान्तर दुई हजार ९७ रह्यो ।

लमजुङको सुन्दर बजार नगरपालिका–२ को वडाअध्यक्षमा नवीनकुमार श्रेष्ठ, वागलुङ वडिगाड गाउँपालिका–२ को वडाअध्यक्षमा ढालप्रसाद शेरचन र नवलपुर जिल्ला बौडीकाली गाउँपालिका–५ को वडाअध्यक्षमा खिमबहादुर थापा विजयी भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button