लन टेनिसमा नेपाल सेमिफाइनलमा प्रवेश

पोखरा न्यूज – १६, मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत लन टेनिसको समूहगत स्पर्धाम नेपाल पुरुष र महिलातर्फ सेमिफाइनलमा गरेको छ । ललितपुरको सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज भएको क्वाटरफाइनल खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले हराउँदै सेमिफाइनल पुगेको हो ।

पुरुष एकलमा नेपालका प्रणव खनालले बङ्लादेशका मोहम्मद आलमगिरलाई ६–० र ६–१ अङ्कले हराए । यस्तै संरक्षक बज्रचार्यले श्री अमोल रोयसँग पहिलो सेट २–६ अङ्कले गुमाए पनि दोस्रो सेटमा ६–२ अङ्कले जिते । अन्तिम सेटमा रोय घाइते भएपछि उनले नेपाललाई सेमिफाइनलमा पु¥याएका हुन् ।

डबल्सतर्फ नवीन पाइजा र प्रदीप खड्काको जोडीले सोझो सेटमा जित निकाले । उनीहरुले नेपाललाई ३–० को जित दिलाए । अब नेपालले सेमिफाइनलमा भारतसँग प्रतिष्पर्धा गर्नेछ । यस्तै पुरुष एकलतर्फ भुटानले माल्दिभ्सलाई ३–० ले हरायो । भुटानका पेमा नोर्बुले माल्दिभ्सका अबदुल्ला फजिललाई ७–६ र ५–५ अङ्कले हराए । त्यस्तै भुटानका तान्डिन वाङ्चुकले माल्दिभ्सका इग्नाज मन्सुरलाई ६–२ र ६–४ अङ्कले पराजित गरे ।

डबल्सतर्फ भुटानका निदुप ग्याछेन र पेमा नोर्बुको जोडीले माल्दिभ्सका नाजिफ हुसेन र इग्नाज मन्सुरको जोडीलाई ४–६, ६–४ र ७–६ अङ्कले हराए । भुटानले सेमिफाइनल पाकिस्तानसँग खेल्नेछ । यस्तै पाकिस्तानले श्रीलङ्कालाई २–१ ले हरायो । एकलतर्फ पाकिस्तानका अइसम उल हक कुरेसीले श्रीलङ्काका शर्मल दिसानायकेलाई ६–७, ६–४ र ६–४ अङ्कले हराए । अर्को एकलमा श्रीलङ्काका दिनेश कान्तन थरङ्गराजले पाकिस्तानका अकिल खानलाई ६–१ र ६–० अङ्कले पराजित गर्यो ।

यसैगरी डबल्सतर्फ पाकिस्तानका मुहम्मद अबिद र मुजामिल मुर्ताजाको जोडीले श्रीङ्काका सुरेन बालाचन्द्रन र निलाविरा चतुर्या डानिदुको जोडीलाई ६–३ र ६–३ अङ्कले हरायो । यस्तै महिला समूहगत स्पर्धामा नेपाल र श्रीलङ्का सेमिफाइनल प्रवेश गरेका छन् । नेपालले माल्दिभ्सलाई ३–० ले हरायो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button