मिलनको ‘पहिलो भेटमै’ सार्वजनिक (भिडियो सहित)

आर.आर.पौडेल, पोखरा न्यूज – १७, मंसिर ।  गायक मिलन सुर्खेतीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पहिलो भेटमै’ लिएर स्रोता र दर्शक माझ आएका छन ।

गीतमा स्वर तथा संगीत मिलन सुर्खेतीको छ भने गीतका शब्द योगेन ढोलीले लेखेका हुन । गीतको संगीत संयोजन रिकेश गुरुङ किजले गरेका हुन् ।

रोमान्टिक भर्सनको म्युजिक भिडियो मुस्ताङमा छायांकन गरिएको हो । भिडियोमा एलिशा पुन मगर र जितेश प्रधानको अभिनय छ । संजय लामाले छायांकन गरेको म्युजिक भिडियोलाई बानिश शाहले सम्पादन गरेका हुन ।

शिशिर खातीले गीतको कोरियोग्राफी गरेका हुन। रबिन पौडेल सह–निर्देशक रहेको यस गीतको म्युजिक भिडियोलाई नबिन पुरीको निर्देशनमा तयार पारिएको हो । राजेश मास्केको लगानीमा भिडियो निर्माण भएको हो ।

२०५७ सालबाट आफ्नो गायन यात्रा प्रारम्भ गरेका गायक सुर्खेतीले हाल सम्म २ वटा म्युजिक एल्बम र दर्जनौ गीतमा आफ्नो स्वर र संगीत दिसकेका छन ।

मन छाडे मैच्याङ्गलाई बोलको गीतको रिमिक्स गाएर सोर्ता माझ परिचित बनेका यी गायकले आफ्नो नयाँ गीत सोर्तालाई मन पर्नेकुरामा आशावादी छन । निकै मेहेनतका साथ बनाएको भिडियोलाई दर्शक र मिडिया हाउसबाट सपोर्टको अपेक्षा समेत राखेका छन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button