पोखरा रंगशालामा फुटबलले दर्शक तान्दै

दीननाथ बराल, पोखरा न्यूज – १७, मंसिर ।  १३ औं साग अन्तर्गत  पोखरामा मंगलबारदेखि संचालन भएको फुटबलले दर्शक तान्न थालेको छ । मंगलबारदेखि  महिला फुटबल खेल सुरु भएसंगै दर्शकहरुको उल्लेखनिय रुपमा सहभागि हुन थालेको १३ औं साग पोखरा स्रोतसाधन परिचालन समितिका संयोजक संजिव बहादुर कोइरालाले बताए ।

पोखरामा दुई दिनको तुलनामा मंगलबार एकै दिनमा बढी दर्शक पोखरा रंगशालामा प्रवेश गरेको संयोजक कोइरालाको दाबी छ । महिला फुटबल खेल मंगलबारदेखि शुरु भएसंगै फुटबल सहितका अन्य खेल अवलोकन गर्न मंगलबार दर्शकको सङख्यामा वृद्धि भएको संयोजक कोइरालाले बताए ।

पोखराको बाराही घाट फेवाताल किनारामा हुने बिच भलिबल प्रतियोगिताको अवलोकन गर्दा २ सय रुपैया र फाइनल खेलमा भने ३ सय रुपैया शुल्क निर्धारण गरिएको संयोजक कोइरालाले जनाए । केही खेल बाहेक एक सय रुपैयाको टिकट लिदा पोखरामा हुने सबै जसो खेल अवलोकन गर्न पाइने भएको उनले जनाए ।

महिला फुटबल खेलको सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय रुपैया शुल्क लाग्ने उनले जनाए । पोखरा रंगशाला परिसरमा ५ सहित पोखरामा २० वटा टिकट काउण्टरहरु राखेको संयोजक कोइरालाले जनाए । उनका अनुसार हालसम्म सिजनल टिकट ८ सय र एक सय मुल्य बराबरको टिकट २७ हजार मात्र विक्रि भएको छ । उनका अनुसार सिजनल टिकट दश दिनको लागि ५ सय रुपैया पर्छ ।

महिला क्रिकेट खेल अवलोकन गर्न पनि केही दर्शक क्रिकेट मैदानसम्म पुगेका थिए । भोलि देखि पोखराको बहुउद्धेश्य कबर्ड हलमा ह्याण्डबल हुने छ । पोखरामा महिला फुटबल र क्रिकेट, बिच भलिबल, ह्याण्डबल, भारतोलन, व्याडमिन्टन, आर्चरी र ट्रयाथालन हुँदै छ । पोखरा रंगशालामा हाल  ब्याडमिन्टन जारी रहेको छ । आर्चरी मंसिर १९ देखि हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button