मेलिना राईको स्वरमा रहेको ‘मेहेन्दी’ सार्वजनिक (भिडियो सहित)

आर.आर.पौडेल, पोखरा न्यूज – १७, मंसिर । अमेरिकामा रहेका गीतकार तथा संगीतकार सुरेश घोन्डे गुरुङले ‘मेहेन्दी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । चर्चित तथा लोकप्रिय गायिका मेलिना राईको आवाजको गीतमा शब्द र संगीत सुरेश घोन्डे गुरुङको हो ।

संगीत संयोजन राजिव शाहले गरेका छन् ।  अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की तथा मोडेल महेश खड्काको अभिनय हेर्न पाइन्छ । मिलन विश्वकर्माले भिडियो सम्पादन गरेका छन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार भएको हो ।

मंसिर महिनालाई बिहेको महिना पनि भनिन्छ । अहिले चारैतिर बिहेको माहोल चलिरहेको बेला हाल गीतमा आफ्नो प्रिय मान्छेको नाममा मेहेन्दी लगाउने केटी मान्छेको उत्सुकता, चंचलता, प्रेमको भाव यो गीत र म्युजिक भिडियोमा हेर्न पाइन्छ ।  सुरेश घोन्डे गुरुङ गीतकार, संगीतकारका अलावा मोडेल, भिडियो सम्पादक तथा निर्देशक समेत हुन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button