लोक दोहोरी प्रतिष्ठानको केन्द्रिय सदस्यमा ५ जना मनोनित

आर.आर.पौडेल, पोखरा न्यूज – १८, मंसिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्यमा ५ जना मनोनित भएका छन् । यसरी मनोनित हुनेहरुमा शंकर विरही गुरुङ, सुवास रेग्मी, कुमार पुन, अमृत अधिकारी तथा सुनिता दुलाल मनोनित भएका हुन् । मनोनित भएका सबैले पद तथा गोपनियताको सपथ लिएका छन् ।

यसअघि पोखरामा भएको सातौँ महाधिवेशनबाट रमेश विजीको नेतृत्वमा पदाधिकारी र कार्यसमिति चयन भएको थियो । मंसिर १६ गते बसेको कार्यसमितिको पुर्ण बैठकले नेपाली लोक गीत संगीत एवं लोकदोहोरीको क्षेत्रमा योगदान पु¥याएको भन्दै केन्द्रिय सदस्य मनोनित गरेको हो । मनोनित सबैजनाले संस्थाको हितको लागि आफ्नो कार्यकाल सर्मपित गर्दै बर्तमान नेतृत्वलाई सफल बनाउन लाग्ने बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button