गण्डकी प्रदेश र तिब्बत बीच सुमधुर सम्बन्ध : मुख्यमन्त्री गुरुङ

 पोखरा न्यूज – १८, मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनको विरुद्धमा कुनैपनि गतिविधि हुन नदिन दृढ सङकल्पित रहेको बताएका छन ।

गण्डकी प्रदेशको आमन्त्रणमा दुई दिनको पोखरा भ्रमणमा आएका चीनको स्वायत्त प्रान्त तिब्बतका रिपव्लिक चेयरमेन क्विजहारा( त्तष्शजबचब ) को सम्मानमा आज पोखरामा आयोजित कार्यक्रममा उनले नेपाल र चीन सरकारका साथै दुई देशका जनता बीचको सम्वन्ध सुमधुर रहेको बताए ।

उनले गण्डकी प्रदेश र तिब्बतको भौगोलिक सिमानामा गण्डकी प्रदेशका मुस्ताङ, मनाङ र गोर्खाको सिमाना जोडिनुका साथै संस्कृति पनि समान रहेको बताए । दुबै देश शान्तिका साथै समानता र आपसी सम्वन्धमा विश्वास गर्ने गरेको उल्लेख गर्दै उनले तिब्बतका चेयरमेन क्विजहाराको पोखरा भ्रमणबाट सम्वन्ध थप उचाईमा पुगेको बताए ।

चीनका राष्ट्रिपति सिजिङपिङको ऐतिहासिक नेपाल भ्रमणको प्रसङ्ग उल्लेख गर्दै दुवै मुलुक एक आपसमा साझेदारी मार्फत विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास प्रकट गरे । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको यसै बर्ष चीनको ल्हासाको मैत्रीपूर्ण भ्रमणको माध्ययमबाट दुवै देशको सम्वन्ध झन प्रगाढ भएको उनले बताए  ।

चीनको सहयोगमा पोखरामा निर्माण भईरहेको अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तीब्र रुपमा भई रहेको जानकारी गराउँदै मुख्यमन्त्री गुरुङले नेपालको सडक विस्तार, विमानस्थल, जलविद्युत परियोजना लगायतका योजनाहरुमा सहयोग जारी रहने विश्वास प्रकट गरे ।

‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई साकार पार्न चीन सरकारको सहयोग आवश्यक रहेकाले मुलुकका विभिन्न भागका साथै गण्डकी प्रदेशमा लगानीको लागि आव्हान गरे ।

सो अवसरमा तिब्बतका चेयरमेन क्विजहाराले नेपालको आर्थिक र सामाजिक विकासमा चीन सरकारको सहयोग रहिरहने बताए ।
उनले जलविद्युत, सडक लगायत विभिन्न योजनाका साथै निर्माण भई रहेको योजनामा पनि सहयोगको लागि चीन सरकार प्रतिबद्ध रहेको जानकारी गराए ।

चेयरमेन क्विजहाराले तिब्बत र नेपालको पहाडी क्षत्रमा समानता, संस्कृति र रितिरिवाज एकनासको रहेको बताए । उनले गण्डकी प्रदेशमा चीनको लगानीको लागि वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन तिव्वतले पनि अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे । दुईदिने पोखरा भ्रमणमा आएको सो भ्रमण टोलीमा सात सदस्य रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button