बंगलादेश महिला क्रिकेटको फाइनलमा

पोखरा न्यूज – १९ मंसिर ।  तेह्रौं दक्षिण एशियाली खेकलुद प्रतियोगिता अन्तर्गत बंगलादेश महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बंगलादेश मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको बंगलादेशले पुरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो । बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे ।

प्लेयर अफ द म्याच निगार सुल्तानले अविजित १ सय १३ तथा फरगंगा हकले अविजित १ सय १० रनको महत्वपूर्ण योगदान दिए । ६५ बलको सामना गरेकि सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन् । विस्फोटक व्याटिङ्ग गरेकि फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकि थिइन् । मालदिभ्सयको बलिङ्गमा समा अलिले १ विकेट लिइन् ।

जितका लागि २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको मालदिभ्स ६ रनमै अलआउट भयो । बलियो बंगलादेशबिरुद्ध ब्याटिङमा उत्रिएका मालदिभ्सका खेलाडी एकपछि अर्को गर्दै खातै नखोली पेभेलियन फर्किए । मालदिभ्सका समा अलिले २ तथा इस्माइस र अतिमाथले १–१ रन मात्रै बनाए । अन्य खेलाडीले खातासमेत खोल्न सकेनन् ।

मालदिभ्सले २ रन भने अतिरिक्त रनका रुपमा पाएका थिए । बंगलादेशको बलिङ्गमा रितु मोनी र सलमान खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पुजा चक्रावर्तीले पनि एक एक विकेट लिए ।

अब नेपालले सेमीफाइनल पुग्न जित्नैपर्ने दवाब परेको छ । नेपालले शुक्रबार श्रीलंकासँग खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button