कास्कीमा ब्रिटिस पर्यटक लडेर घाइते

पोखरा न्यूज – १९ मंसिर । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित झिनमा एक ब्रिटिस पर्यटक लडेर घाइते भएका छन् ।

घाइते हुनेमा पासपोर्ट नम्बर ३६१९७६४८३ भएका क्रिस्टोफोर जेम्स नाम भएको प्रहरीले उल्लेख गरेको छ । उनी अचानक लडेर घाइते भएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय मेडिकलमा उपचारपश्चात थप उपचारका लागि मेट्रो सिटी अस्पताल पुर्याइएको पनि प्रहरीले जनाएको छ । उनलाई समिट एअरको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

मौसम चिसिँदै जाँदा नेपाल आएका पर्यटकमा मौसम सम्बन्धि विभिन्न स्वास्थ समस्याहरु देखा परेको छ । हिजो मात्रै मुस्ताङमा एक भारतीय पर्यटकको मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button