भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास

पोखरा न्यूज – १९ मंसिर ।  नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

पोखरा-१२  माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १ सय ७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १ सय ६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १ सय ६० केजी भार बहन गर्दै कास्य जितिन् । चार देशले भाग लिएकोे विधामा पाकिस्तानको पनि सहभागिता थियो ।

गत वर्ष नेपाल पुलिसमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन् । उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको प्रतिक्रिया दिइन् ।
साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिला तर्फ सहभागिता जनाएको हो । १० औं संस्करणका सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ ।

यस्तै, महिला ५५ केजी तौल समूहमा भारतले स्वर्ण जित्यो । त्यस्तै बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कास्य जित्न सफल भए ।
भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एण्ड जर्कमा एक सयक ५ सहित एक ८१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् ।
बंगलादेशकी फूलपोटी चक्माले १ सय ४८ र पाकिस्तानकी साइमा सहजादले १ सय ३५ केजी भार बहन गरेका हुन् । बंगलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button