साग महिला फुटबलको स्वर्णका लागि नेपाल र भारत भिड्ने

दीननाथ बराल, पोखरा न्यूज – १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रतियोगिताको फाइनल खेल आयोजक नेपाल विरुद्ध भारत विच हुने भएको छ ।

फाइनल खेल भने मंसिर २३ (सोमबार) दिउँसो २ बजे पछि स्वर्ण पदकको लागि नेपाल र भारत विच प्रतिस्पर्धा हुने भएको छ । यद्यपी राउन्ड रोबिनको आधारमा भएको खेलमा अझै एक खेल खेल्न नेपाल र भारतको भने बाँकी रहेको छ । दुबै टिम समुह चरणको शिर्श स्थानमा रहेकाले शनिबार हुने खेल औपचारिकताको लागि अर्थात समुह विजेताको रुपमा मात्र मान्यता हुने छ ।

शुक्रबार भने पोखरा रंगशालामा फुटबलका खेल हुने छैन । राउन्ड रोबिनको आधारमा भएको खेलमा नेपाल र भारत ६/६ अंकसहित शीर्ष स्थानमा छन् । श्रीलंका र माल्दिभ्स अंक विहीन छन् ।

पोखरा रंगशालामा बिहीबार भएको पहिलो खेलमा श्रीलंकालाई ६–० गोलले हराउदै भारतले दोस्रो जित हात पारेको हो । भारतको जितमा एन रत्नाबाला देवि र सन्धिया आरले समान २/२ गोल गरिन भने डेङ्घमेल ग्रेन्स, रोजा देवीले समान १/१ गोल गरेकी थिईन । यस अघि प्रतियोगितको पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो । विहिबारको दोस्रो खेलमा साम्वाको ह्याट्रिकले नेपाल फाइनलमा प्रबेस गरेको हो ।

सावित्रा भण्डारी ‘साम्बा’ को ह्याट्रिकले नेपाल महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा साम्बाको ह्याट्रिकले नेपालले माल्दिभ्सलाई ३-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button